३१ जेष्ठ २०८३, आइतबार

गौरीगञ्जबासीले एमाले अध्यक्ष ओलीलाई भने, ‘सुर्य बाहेक अन्त हातै जाँदैन’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौरीगञ्ज । झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त जाँदै नजाने बताएका छन् । आज गौरीगञ्ज ५ को श्यामाटोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफुहरुले विगत देखिनै नेकपा एमालेलाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाए ।

स्थानीय होवोदेवी राजवंशीले भनिन्, ‘हामी त जुग देखि एमाले हो । सुर्यबाहेक अन्त भोट हालेकै छैन । यस पटक पनि सुर्यमै हाल्ने हो ।’ उनले यस क्षेत्रमा बाटो विस्तार गरि बिजुलीको सेवा सहज बनाई दिन ओली समक्ष आग्रह पनि गरिन् ।

यस्तै सोहि ठाउँका किरण गनगाईले बाटो, बिजुली केहि नभएको ठाउँमा ओलीलेनै विकास गर्नु भएको भन्दै बाँकि विकासको जिम्मा लगाउन पनि सुर्यमानै भोट हाल्ने बताए ।

‘अरु कस्ले गर्छ र जिताउनु ?’ उनले भने, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने ।’ रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जीत पछि यि काम पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

सिमावर्ती गौरीगञ्जको गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिबासी समुदायका स्थानीयले हर्षउल्लास पूर्वक स्वागत गरेका थिए । काखे नानी च्यापेर आएका महिलाहरुले समेत ओलीसँग मातृभाषामा समेत साक्षातकार गरेका थिए ।