झापा । प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगरस्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।
उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए । जाहेरवालाका अनुसार उनका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई विवाहको शर्तमा कलेज खर्च भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए ।
प्रहरीका अनुसार किशोरीको नाममा पटकपटक रकम मगाएर उक्त पैसा आफूले नै प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । कार्कीविरुद्ध गत मंसिरमै मुद्दा दर्ता भएको थियो ।
पक्राउ पुर्जी जारी भएको करिब तीन महिनापछि उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।








प्रतिक्रिया