१८ असार २०८३, बिहिबार

सरकारले विभिन्न क्षेत्रमा कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो : एमाले

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनअघि देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु लगाएर सरकारले मतदातामा भयको वातावरण सिर्जना गरेको आरोप लगाएको छ।

पार्टीका आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले सुरक्षा व्यवस्थापनको नाममा गरिएका यस्ता निर्णयले स्वतन्त्र मतदान प्रभावित हुन सक्ने बताएका छन्।

उनले निर्धारित समयमै निर्वाचन गरिनुपर्ने पार्टीको अडान दोहोर्‍याउँदै सरकारले लोकतान्त्रिक वातावरण सुनिश्चित गर्नुपर्ने माग गरे।

एमालेले निर्वाचनको संवेदनशील समयमा गलत सूचना, एकपक्षीय सर्वेक्षण तथा राजनीतिक ध्रुवीकरण बढाउने गतिविधिप्रति पनि चिन्ता व्यक्त गरेको छ।