काठमाडौ । नेपाल प्रहरीले एसएसपी दयानिधि ज्ञवाली नेतृत्वमा निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा गठन गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरी परिचालन तथा देशभरको सुरक्षा स्थितको विश्लेषण उक्त महाशाखाले बनाउने भएको छ । ज्ञवाली कार्य विभागमा कार्यरत छन् ।
उक्त महाशाखाले निर्वाचन बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति बनाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निर्वाचन बिथोल्ने विभिन्न समूह, दल र व्यक्तिको पहिचान पनि उक्त महाशाखाले गर्दैछ ।
देशभरका प्रहरी युनिटसँग समन्वय गर्दै केन्द्रीय नीति निर्माण हुने प्रधान कार्यालयस्रोतले जनाएको छ ।









प्रतिक्रिया