३१ असार २०८३, बुधबार

सुस्ता गाउँपालिकाका सचिवले पनि छोडे रास्वपा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले पनि पार्टी परित्याग गरेका छन् ।

उम्मेदवार छनोटको विषयमा असन्तुष्टि जनाउँदै उनले पनि राजीनामा दिएका हुन् । रास्वपाको भनाई र गराईमा एकरुपता नभएको र पार्टी अवसरवादीको चङ्गुलमा परेकाले पार्टी छाडेको पन्थले बताए ।

इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीहरुलाई पार्टीमा भित्र्याउने काम भइरहेको उनको भनाइ छ ।

केही दिनअघि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेका थिए ।