१५ असार २०८३, सोमबार

जनतासँग भेटघाट गरेर मत माग्न संगठित सदस्यलाई एमालेको निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना संगठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी अभियानका क्रममा छ लाख ६२ हजार संगठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख मीनवहादुर शाहीले जानकारी दिए ।

भर्चुअलभन्दा मतदातालाई प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टी नेतृत्वमा बनेको सरकारले गरेका राम्रो कामको प्रचार गरेर मत माग्न उम्मेदवार, पार्टी सदस्यलाई निर्देशन दिइएको उनले बताए ।

“भूगोलमा रहेका सबै संगठित सदस्यलाई मतदातालाई प्रत्यक्ष भेटेर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिइएको छ”, प्रचार विभाग प्रमुख शाहीले भने, “जुन संगठित सदस्य जहाँ छन्, त्यहीँका मतदातालाई भेटेर मत माग्न भनिएको छ ।”

एमाले यसपटक चुनावीसभा नगरेर मतदातालाई प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई प्राथमिकता दिएर चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेको छ ।