काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ पाँच दिनको प्रयासमा हटाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्रीसहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली हिउँ हटाउने कार्यमा जुटेका थिए ।
विशेषगरी सो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँअन्तर्गतका बाटोहरू हिउँले पुरेर अवरुद्ध भएको थियो । सो बाटोहरूमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरू आवतजावत गर्न असहज भएको थियो ।
बाटो अवरुद्धपश्चात तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले पाँच दिनदेखि हिउँ पन्छाउने कार्य गरेका थिए । फागुन ६ गतेबाट सुरु भएको हिउँ पन्छाउने कार्य फागुन ११ गते बाटो खुलाएर समाप्त भएको छ ।









प्रतिक्रिया