२६ जेष्ठ २०८३, मंगलबार

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूती’ को आज दमकमा लोकार्पण गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहेकी शाक्यले लेखेको जीवनका अनुभवहरु समेटिएको संग्रहको नवसंस्करण एक कार्यक्रमका विच लोकार्पण गरिएको हो ।

एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओली सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो ।

त्यस अवसरमा आजनै एमाले अध्यक्ष ओली र शाक्य विचको बैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरुलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरु समेत सुनाएकी छिन् ।