४ कार्तिक २०८३, बुधबार

एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ ।

शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।