२४ असार २०८३, बुधबार

सुनसरीमा ३ सय बढी युवा एमालेमा प्रवेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । सुनसरी–३ का तीन सय बढी जेनजी युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा तीन सय बढी युवा एमाले उम्मेदवार भगवती चौधरीलाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन् ।

एमाले उम्मेदवार चौधरीले जेनजी युवालाई पार्टीमा स्वागत गरिन् ।

सुनसरी–३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम गरिएको युवा नेता सविन श्रेष्ठले बताए ।

कार्यक्रममा चौधरीले देश विकास गर्न युवामा लगानी जरूरी रहेको बताइन् । उनले युवालाई देशमै स्वरोजगार बनाउनुपर्नेमा जोड दिइन् ।

सुनसरी–३ का चुनावी कमाण्डर लिलम बस्नेतले चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिवद्धता व्यक्त गरे । गत निर्वाचनमा नेपाली कांग्रेसका विजय गच्छदारलाई एमालेकी चौधरीले ५ हजार १ सय ८८ मतान्तरले जितेकी थिइन् ।