९ कार्तिक २०८३, सोमबार

रास्वपा निर्वाचन परिचालन कमिटीका दिनेश आचार्यले पनि छाडे पार्टी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २१ फागुनमा हुने भनिएको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नेको संख्या बढिरहेको छ ।

यसैक्रममा रास्वपा केन्द्रीय वित्त (मौद्रिक एवम् पुँजीबजार) विभाग सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटीका सदस्य दिनेश आचार्यले पनि पार्टी छाडेका छन् ।

उनले पार्टी महासचिवसमक्ष राजीनामा दिएका हुन् ।

नुवाकोटका आचार्यले पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका हुन् । यसअघि शनिबार नुवाकोटकै नेता अशोककुमार थापाले पनि रास्वपा परित्याग गरेको घोषणा गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले रास्वपा पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको र नेतृत्व नीतिबाट नभई आर्शीवादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको जानकारी गराएका थिए ।