४ कार्तिक २०८३, बुधबार

शाान्त हुन सकेन गौर

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । धार्मिक विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा रौतहटको गौर अशान्त बनेको छ । स्थिति तनावग्रस्त बनेसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरे पनि त्यसको अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

जिल्लाको गौर क्षेत्रका भित्री भागमा आगजनी हुने क्रम अझै रोकिएको छैन । प्रशासनले कर्फ्यु लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि स्थिति सामान्य बन्न नसकेको हो ।

कर्फ्युका बाबजुद गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिए पनि भित्री भागको अवस्था अझै तनावग्रस्त छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले भने अहिले अवस्था सामान्य बन्दै गएको बताए । उनले भने, ‘अहिले अवस्था सामान्य बन्दै गएको छ, कर्फ्यु लगाएका स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

उनका अनुसार अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रबार मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर उनीहरुबीच विवाद सुरु भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो । सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ ।