प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका नगरसदस्य सूर्यबहादुर गैरे नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
रास्वपा परित्या गरी एमालेमा समाहित भएका गैरेलाई एमाले नेता तथा प्युठानमा नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

प्युठानमा सभापति रवि लामिछानेको आगमनसँगै रास्वपा परित्याग गर्नेको संख्या बढिरहेको छ ।
भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झदै रास्वपा परित्याग गरेका गैरेले भने– यो देश बनाउने पार्टी होइन, यो खरानी बनाउने पार्टी हो ।










प्रतिक्रिया