२३ जेष्ठ २०८३, शनिबार

चालक निदाउँदा इन्द्रसरोवरमा स्कारपियो दुर्घटना, सवारीधनीसहित ४ जना घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको स्कारपियो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौराबेसीमा पल्टिएर सडकबाट अन्दाजी ३० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा ना ४ च ९७७७ नम्बरको गाडी चालक निदाउँदा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बारा कलैया उपमहानगर–२ बस्ने ३८ वर्षीय विजय यादव, गाडीमा सवार सवारीधनी बरेवा बस्ने ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी श्रीमती ४० वर्षीय शोभा गुप्ता, उनका छोरा १६ वर्षीय अनमोल गुप्ता घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।