१ असार २०८३, सोमबार

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार, एकजना पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीमा अपहरणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्वार गरेको छ ।

मंगलबार साँझदेखि अपहरणमा परेकी खड्क नगरपालिका–८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनलाई प्रहरीले सकुशल उद्वार गरेको हो ।

प्रहरीले बालिकालाई अपहरण गरी फिरौती माग्ने सोही पालिकाको वडा नम्बर ९ लालपट्टीका ३० वर्षीय इम्तियाज अहमदलाई पक्राउ पनि गरेको छ ।

उनकै बयानको आधारमा सोही स्थानबाट बालिकाको पनि उद्धार हो । पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेच बिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।