१५ असार २०८३, सोमबार

रास्वपाले पोखरामा गर्ने भनिएको चुनावीसभा पनि स्थगित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखरामा गर्ने भनिएको चुनावीसभा पनि स्थगित भएको छ । १० फागुनमा पोखरामा गर्ने भनिएको सभा स्थगित भएको हो ।

त्यसअघि भोलि भैरहवाको सभा स्थगित गरिएको थियो ।

’राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन– ९ (भैरहवा) र फागुन–१० (पोखरा) मा आयोजना गरिएको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भनिन् ।