२३ जेष्ठ २०८३, शनिबार

चुनावबाट राष्ट्रवादी र राष्ट्र बिरोधी कित्ताको निर्क्यौल हुने एमाले नेता दाहालको धारणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । चुनावबाट नेकपा एमालेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले आगामी निर्वाचनले राष्ट्रवादी र राष्ट्र बिरोधी कित्ताको निक्र्यौल गर्ने बताएका छन् ।

झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक समेत रहनु भएका नेता दाहालले राष्ट्रवादी र विकासको अगुवाई गर्ने पार्टी एमाले मात्र भएको भन्दै आगामी चुनावबाट एमाले पहिलो दल बन्ने समेत बताए । झापाको गौरीगञ्जमा आगामी निर्वाचनको प्रचार प्रसारका क्रममा एमालेले निकालेको सिटी सफारी र्‍यालीको उद्घाटन क्रममा उनले एमाले पहिलो दल हुँदै निर्णायक शक्ति भए मात्र विकास र समृद्धीले गति लिने बताए ।

त्यस क्रममा उनले आगामी निर्वाचनले राष्ट्रवादी र राष्ट्र बिरोधी कित्ताको निक्र्यौल गर्ने पनि उल्लेख गरे । त्यस क्रममा उनले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरि रहेको धारणा राखेका छन् ।

क्षेत्र नं. ५ अन्तर्गत गौरीगंज गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडाका गाउँ, टोल र बजार एमालेको सिटी र्‍याली गरेको हो । वडा नम्बर ३ गौरीगंज स्थित निर्वाचन प्रचार–प्रसार कार्यलयबाट सुरु गरिएको र्‍याली ठेकीटोला, खजुरगाछी चिलहरा लगायतका मुख्य बजार हुदै गाउँ र टोलटोलमा पुगेको गौरीगंज गाउँपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक सर्वतलाल राजवंशीले बताए ।

झापा क्षेत्र नंं ५ मा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेद्वार छन् । यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल स्तर सम्म निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरु बनाई मतदातासँगको भेटघाट तिब्र बनाएको छ ।