जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानी पुग्ने भएको छ ।
हिजो कल्याणेश्वरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु भारतको गिरिजास्थानमा पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै महोत्तरीको मटिहानीका लागि निस्किएका छन् । मटिहानीमा परिक्रमा यात्रुहरुका लागि प्रत्येक वर्ष झै विशेष स्वागतको तयारी गरिएको छ ।
आज मटिहानीमा रात्रि विश्राम गरेर भोलि शुक्रबार जलेश्वर, छठौं दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, ११ औं दिन १४ गते सत्तोषर, १२ औं दिन १५ गते औरही, १३ औं दिन १६ गते करुणा, १४ औं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट १५ औं दिन १८ गते जनकपुरधाम आइपुग्नेछ । अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुनेछ ।
मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।















प्रतिक्रिया