काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके–७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो ।
‘विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको थियो । जहाजको चालकदलले यहीँ अवतरण नगर्ने बरु बंगलादेशको ढाका डाइभर्ट गर्ने भनेपछि उतै गएको हो ।








प्रतिक्रिया