७ श्रावण २०८३, बिहिबार

बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रेको बनेपा बजार दूरसञ्चार नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

घटनापछि स्थानीयबासी आक्रोशित बन्दै टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन् । अहिल सडक अवरुद्ध हुँदा सवारी आवागमन समेत प्रभावित भएको प्रहरीले जनाएको छ ।