२८ जेष्ठ २०८३, बिहिबार

मिथिला माध्यमिकी पारिक्रमा आज भारतको गिरिजास्थान पुग्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको गिरिजास्थान पुग्ने भएको छ ।

हिजो जनकपुरधामको हनुमाननगरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु कल्याणेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै भारतको गिरिजास्थानकाका लागि निस्किएका छन् ।

आज गिरिजास्थानमा रात्रि विश्राम गरेर भोलि बिहीबार मटिहानी, पाँचौं दिन ८ गते जलेश्वर, छठौं दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, ११ औं दिन १४ गते सत्तोषर, १२ औं दिन १५ गते औरही, १३ औं दिन १६ गते करुणा, १४ औं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट १५ औं दिन १८ गते जनकपुरधाम आइपुग्नेछ ।

अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुनेछ ।

मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन् । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।