९ कार्तिक २०८३, सोमबार

त्रिमूल पार्टीको घोषणापत्र : सुशासनदेखि देशद्रोही र भ्रष्टाचारीलाई मृत्युदण्डको सजायसम्म

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरत दाहाल नेतृत्वको त्रिमूल नेपाल पार्टीले भ्रष्टाचार देशको मुख्य समस्या रहेको बताउँदै भ्रष्टाचारीलाई मृत्युदण्डको सजायको व्यवस्था गरिनुपर्ने जनाएको छ ।

मंगलबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाल विदेशीको प्रयोगशाला भएको समेत ठहर गरेको छ ।

पार्टीका काठमाडौं क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार कृष्णबहादर खत्री (मिलन)ले घोषणापत्र वाचन गर्दै त्रिमूल नेपालको महत्पूर्ण नीति, मुद्धा रणनीतिकरुपमा समाधान गर्नुपर्ने समस्याहरु गरेर २० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

खत्रीले निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका विषयहरु संविधानमा उल्लेख भए पनि व्यवहारमा हदैसम्मको व्यापारिकरण र माफियाकरण भएको जनाएका छन् । वर्तमान संविधान नेपालीहरुले बनाएको भन्दा पनि विदेशीले थोपरेको हस्तक्षेपकारी दस्तावेज भएकोले त्यसलाई खारेज गरेर नयाँ व्यवस्था ल्याउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार रामेश तामाङले वर्तमान संविधान विदेशीको योजनामा लेखिएकोले यसलाई संशोधन गर्नुपर्ने धारणा राखे । जनताका आधारभूत आवश्यकताको सुनिश्चित गर्न संविधानमा निःशुल्क भनिए पनि व्यवहारमा नरहेको बताए । समानुपातिक उम्मेदवार तेह्रथुमका गोविन्द इङनामले त्रिमूल पार्टीलाई व्यापक मतदान गर्न अनुरोध गर्दै देशका सिमित व्यक्तिहरुका लागि मात्रै वर्तमान व्यवस्था आएको धारणा राखे ।

ललितपुरबाट समानुपातिक उम्मेदवार रमिता आचार्यले देशको मुख्य दूष्मन भ्रष्टाचार भएको र त्यसको अन्त्यका लागि देशद्रोही र भ्रष्टहरुलाई मृत्युदण्ड सजायको व्यवस्था गर्न माग गरिन् । त्रिमूल पार्टीका केन्द्रीय सचिवालय सदस्य डुगेन्द्र भट्टराईले देशका कुनै पनि राजनीतिक दलहरु देश र जनताको पक्षमा नरहेको आरोप लगाउँदै सबै त्रिमूल पार्टीमा आबद्ध हुन अपिल गरे ।