९ असार २०८३, मंगलबार

बाजुरामा २६ थान हातहतियार बुझाइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजानाहरु प्रशासनलाई स्थानीयले बुझाएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो ।

स्थानीयले हालसम्म २६ थान हातहतियार बुझाएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । तोकिएको समयभित्र प्रहरी कार्यालय तथा प्रशासनमा जिल्लाभरबाट घरेलु २६ थान हातहतियार बुझाएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ पुस २९ गते सार्वजनिक सूचना जारी गर्दै आगामी निर्वाचन लक्षित जिल्लाभित्र इजाजत प्राप्त गरेका वा नगरी व्यक्तिगत रुपमा राखेका हातहतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको थियो ।