काठमाडौं । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।
प्रहरीले कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीलाई पक्राउ गरेको हो ।
स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो।









प्रतिक्रिया