२७ जेष्ठ २०८३, बुधबार

टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्ने हल्लाको सत्यता के हो ?

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसका अवसरमा विदेशी सेनाले गरेको प्रस्तुति सम्बन्धमा उठेका टिप्पणीप्रति नेपाली सेनाले स्पष्टीकरण दिएको छ।

सेनाका अनुसार यस्तो सहभागिता अन्तर्राष्ट्रिय सैन्य सहकार्यअन्तर्गत विगतदेखि हुँदै आएको नियमित अभ्यास हो।

सेनाले निमन्त्रणाअनुसार अमेरिका, भारत, पाकिस्तान, माल्दिभ्स र भूटानका सैनिक टोली कार्यक्रममा सहभागी भएको जनाएको छ। पारस्परिक सम्बन्ध र सैन्य सहकार्य सुदृढ गर्ने उद्देश्यले एकअर्काको कार्यक्रममा सहभागी हुने प्रचलन रहेको पनि सेनाको भनाइ छ।

नेपाली सेना स्वयं पनि अन्य देशका सेना दिवस कार्यक्रममा सहभागी हुँदै आएको जनाएको छ।

Screenshot