रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी रहेका छन् ।
दुर्गा भगवती गाउँपालिका–४ अन्तर्गत पर्ने गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया