२६ जेष्ठ २०८३, मंगलबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन महिनाको पहिलो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो ।

बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।