१० कार्तिक २०८३, मंगलबार

रौतहटबाट नक्कली नोटसहित २ युवक पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको वृन्दावन नगरपालिका–९ विश्रामपुरस्थित विशाल किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा वृन्दावन नगरपालिका–२ का २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूले किराना पसलमा एक हजार दरको नक्कली नोट दिएका थिए ।

नोटमा शंका लागेपछि पसलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी विश्रामपुरबाट खटिएको टोलीले बिआर.३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा दिनेश पटेलको साथबाट १२ थान र विवेकप्रसाद यादवले मोबाइल कभरमा लुकाएको २ थान गरी जम्मा १४ थान एक हजार दरका नक्कली नोट फेला पारेको हो ।

बरामद नोट र मोटरसाइकलसहित दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बस्यालले जानकारी दिए ।