२३ जेष्ठ २०८३, शनिबार

इटालीविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ । समूह ‘सी’ मा रहेका दुवै टोली पहिलो जितको खोजिमा छन् । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता, तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको थियो ।

नेपालले आजको खेलमा एक जना परिवर्तन गरेको छ । इंग्ल्यान्डविरुद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललितनारायण राजवंशीले मौका पाएका छन् । रोहितकुमार पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सनकुमार झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी आजको खेलमा छन् ।