६ श्रावण २०८३, बुधबार

समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेकपा एमालेले अगाडी सारेको छः देवेन्द्र दाहाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहालले राजनीतिक दलहरुले समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेकपा एमालेले अगाडी सारेका बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको बैठकमा बोल्दै दाहालले राजनितिक दलहरुले समाजवादको मोडेल दिन नसकेको बताए । उनका अनुसार समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अबधारणा एमालेले अघि सारेपनि त्यो पर्याप्त नभएको र विस्तृत व्याख्या हुन जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘राज्यको लागि आश्यक पर्ने विषय केन्द्रित सुझाव दिने, गहिरो अध्ययन गरेर तथ्यांकले पुष्टी प्रमाणीत हुने गरी विषयहरु विश्लेषणात्मक रुपले अगाडि सार्ने, नेपालको शिक्षा र स्वास्थ्य, विकास, कृषि, औद्योगिक र आयात प्रतिस्थापन सम्बन्धी नितीहरु अवलम्बन र हामिले नेपालको संबिधान बनाइ रहँदा धारा ४ मा समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेका छौं । यो नेपाली समाजलाई त्यस्तो अबस्थामा पुर्याउने के कस्ता नीति तर्जुमा गर्नुपर्ला आदी विषयमा छलफल गर्दा राम्रो होला ।’

दाहालले कुनै पनि सभामा विधेक प्रस्तुत भई पारित भएपछि अर्को सभामा पठाउँदा विभेदकारी प्राबधान रहे पनि त्यसलाई अन्त्य गर्नु जरुरी रहेको बताए । उनले सभालाई प्रभावकारी बनाउन राजनितिक भाषण मात्र गरेर समय नसक्न समेत सुझाव दिएका छन् ।