५ कार्तिक २०८३, बिहिबार

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने प्रकाश पाठकलाई नेपाल ल्याइयो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई धम्की दिने ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) का प्रमुख भनिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।

उनलाई फिलिफिन्सबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो।

उनी काभ्रेपलाञ्चाक जिल्लाको तेमाल गाउँपालिका-१ सर्स्युंखर्कका स्थायी बासिन्दा हुन् ।

पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई धम्की दिएका थिए ।