४ कार्तिक २०८३, बुधबार

विवाद मिलाइदिने भन्दै यौन शोषण गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । विवादको मुद्दा मिलाइदिने भन्दै महिलालाई यौन शोषण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी थिइन् ।

३७ वर्षकी महिलाले गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।