११ असार २०८३, बिहिबार

आठ लाख बराबरको क्यामेरा भाडामा लगेका बाबुछोरा सम्पर्कबिहीन

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । पछिल्लो समय काठमाडौंमा क्यामेरा चोरी तथा ठगीका घट्नाहरु बढिरहेका छन् ।

इलाम नगरपालिका–४ घर भइ हाल ललितपुरको इमाडोलमा बस्दै आएका १९ वर्षीय दिक्षान्त दुलाल नाम गरेका व्यक्तिले फिल्म क्रू नेपाल प्रालिबाट भाडामा क्यामेरा लिने सम्झौता गरी क्यामेरासहितका सामग्री लगेर हालसम्म फिर्ता नगरेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार उनले गत साउन ८ गते एक दिनका लागि भनेर क्यामरा भाडामा लिएका थिए ।

ए–सेभेन फोर क्यामेरा, जसको बजार मूल्य करिब २ लाख ८२ हजार रुपैयाँ पर्छ, लेन्स, गिम्बललगायत करिब ८ लाख बराबरको सामग्री लिएर उनी सम्पर्कविहीन भएको कम्पनीको भनाइ छ ।

उनी सम्पर्कबिहीन भएको एक महिनापछि उनका बुबा दिपेन्द्र दुलाल कम्पनीको सम्पर्कमा आएर क्यामरा फिर्ता गर्ने प्रतिबद्धता जनाएको भएतापनि त्यसपश्चात उनी पनि आजसम्म सम्पर्कमा नआएको कम्पनीले जनाएको हो ।

क्यामेरा लिएर सम्पर्कविहीन भएका बाबु–छोराका बारेमा इलाम नगरपालिका–४ का वडाध्यक्ष नुतनदेव दुलालले सम्पर्कको प्रयास गरेपनि उनीहरुले फोन नम्बर परिवर्तन गरेको पाइएको छ ।