२५ असार २०८३, बिहिबार

आरजु राणाले अमरेशकुमार सिंहविरूद्व दायर गरेको मुद्दा खारेज

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आरजु राणाले दायर गरेको गाली बेइज्जति मुद्दामा दाबी नपुग्ने ठहर गर्दै मुद्दा खारेज गरेको छ। उक्त मुद्दा उनले डा। अमरेशकुमार सिंहविरुद्ध दायर गरेकी थिइन्।

राणाले सार्वजनिक अभिव्यक्तिमार्फत आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै २०८० जेठमा मुद्दा दायर गरेकी थिइन्। आइतबार न्यायाधीश खिमानन्द भुषालको इजलासले फैसला सुनाएको हो।

अदालतको निर्णयपछि यो प्रकरण कानुनी रूपमा टुंगिएको छ।