कोहलपुर । जस्मिन पेन्ट्सको उपभोक्ता योजना ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ ।
ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्रमार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता छनोट भएकी थिइन् ।
बाँकेको कोहलपुरस्थित एसके ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले विजेता बुढालाई आधिकारिक रूपमा जापान भ्रमणको टिकट हस्तान्तरण गरे ।
विगत ३२ वर्षदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै आएको नेपालको नम्बर १ नेपाली पेन्ट्स जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने क्रममा यस योजना ल्याएको थियो र नेपाली मनको रङ्ग भन्ने स्लोगनका साथ अगाडि बढेको कम्पनीले आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनहरु नेपालभरीका ग्राहकहरुलाई रङ्ग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।















प्रतिक्रिया