दाङ । दाङमा मोटरसाइकल दुर्घटना भएको ठाउँमा मृत फेला परेका दुई युवकको पहिचान भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको थियो ।
मृतक युवक रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहागरपालिका–१७ का २९ वर्षीय कमल ओली रहेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहोराले जानकारी दिए ।
लु.प्र ०२९–००१ प ११०२ नम्बर को ‘पल्सर’ मोटरसाइकल बुढाथोकीले चलाएको बेला दुर्घटना भएको प्रहरीको भनाइ छ । तीव्र गतिको मोटरसाइकल बन्दै गरेको नयाँ पुलको पिल्लरको फाउन्डेसनमा खस्दा त्यसमा सवार युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया