२८ जेष्ठ २०८३, बिहिबार

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान बिहानको ११ः३० बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल हुनेछ ।