काठमाडौं । माई मार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ । नयाँ मोबाइल एप “माई मार्ट – डेलिभर्ड इन मिनेट्स”मार्फत उपभोक्ताले आज अर्डर गरेका दैनिक उपभोग्य सामग्रीहरू आजै प्राप्त गर्न सक्नेछन् ।
डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर मोडेल सञ्चालनमा ल्याएको हो । यसअघि व्यवसाय–देखि–व्यवसाय मोडेलमार्फत सेवा दिँदै आएको माई मार्टले अब उपभोक्तामैत्री सेवा पनि थप गरेको छ ।
कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी र आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्र यो सेवा सुरु गरिएको हो । मोबाइल एप, अर्डर म्यानेजमेन्ट, स्टक कन्ट्रोल र डेलिभरी सिस्टम पूर्ण रूपमा तयार भइसकेका छन् ।
हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध रहेको छ भने आगामी दिनमा अन्य शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको माई मार्टले जनाएको छ ।
कम्पनीका अनुसार माई मार्टले नेपाली उद्यमशीलता र स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादकलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ । स्थानीय उत्पादनलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन उत्पादकहरूसँग सहकार्य विस्तार गरिँदैछ ।
यस नयाँ मोडेलमार्फत स्वरोजगारी, रोजगारी सिर्जना, डिजिटलाइज्ड स्थानीय व्यवसाय र उपभोक्तालाई छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यका साथ माई मार्ट अगाडि बढिरहेको छ । माई मार्टको मोबाइल एप हाल गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ ।









प्रतिक्रिया