७ श्रावण २०८३, बिहिबार

जेनजी आन्दोलनमा जलाइएको कोटेश्वरस्थित भाटभटेनी सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले लुटपाट, तोडफोड र आगजनी गरेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।​

क्षतिग्रस्त सुपरमार्केट मर्मपश्चात भाटभटेनीले पुनः सञ्चालनमा ल्याएको हो ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुनः सञ्चालनमा ल्याइएको हो ।

भाटभटेनीले कठिन परिस्थितिका बाबजुदपनि सुपरमार्केट ग्राहक सेवामा प्रतिवद्ध रहेको भन्दै भविष्यमा पनि गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।