झापा । निर्वतमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा आजबाट सुरु हुन लागेको सातौं संस्करणको झापा गोल्डकप प्रतियोगितामा सहभागी क्लब, खेलाडी र आयोजक सबैलाई सफलताको शुभकामना दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले यस गोल्डकपको सुरुवाती समयदेखि नै अभिन्न रूपले गाँसिएको कारण खेलाडीहरूसँग समय समयमा भेट भइरहने बताए ।
‘झापाको लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौं संस्करण आजबाट सुरु हुँदैछ । यस गोल्डकपको सुरुवाती समयदेखि नै अभिन्न रूपले गाँसिएको कारण खेलाडीहरूसँग समय समयमा भेट भइरहन्छ ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको प्रतियोगितामा सहभागी क्लब, खेलाडी र आयोजक सबैलाई सफलताको शुभकामना । रंगशालाको विकास र प्रतियोगितामा झापाली युवाहरूलाई मेरो सधैं साथ रहनेछ ।’








प्रतिक्रिया