काठमाडौं । नबिल इन्भेस्टमेन्ट लिमिटेड १६ औं वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नक्सालको नारायणचौरमा रक्तदान कार्यक्रम गरेको छ ।
२०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।
स्थापनादेखि हालसम्म नबिल इन्भेस्टमेन्ट बैंकिङले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङअन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगायतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने इन्भेस्टमेन्ट बैंकिङअन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोषअन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेका छ ।
यसका अलावा संस्थाका ग्राहकहरुका लागि संस्थागत परामर्श सेवाअन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन तथा लगानीसम्बन्धी परामर्श सेवाहरु समेत प्रदान गर्दै आइरहेका छ । निकट भविष्यमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फण्ड सञ्चालनको तयारीमा रहेको संस्थाले जनाएको छ ।








प्रतिक्रिया