१९ असार २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा चार हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा दुई लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज २७० रुपैयाँले घटेर चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।