३० जेष्ठ २०८३, शनिबार

संखुवासभाको चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे । रासस