२५ जेष्ठ २०८३, सोमबार

तेल ट्याङ्करको ठक्करबाट असईको मृत्यु

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । धनुषामा टेल ट्यांकरको ठक्करबाट प्रहरी असईको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा ना ७ ख ३७१८ नम्बरको ट्यांकरले ठक्कर दिँदा दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकलमा सवार चित्लाङ मकवानपुर दरबन्दी भई हाल ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैतको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका फनैतलाई उपचारका लागि मोडल अस्पताल लालगढ धनुषा पठाइएकोमा चिकित्सकले मृत घोषीत गरेका हुन् ।

त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्।

प्रहरीले ट्यांकर चालक सुनसरीको उर्लाबारी नगरपालिका–१ निवासी करिब ३६ वर्षीय दुर्गा माझीलाई पक्राउ गरेको छ ।