सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका अमरकान्त चौधरीसहितका ९ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीसहितकाले मिलेमतो गरी भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको हो ।
आयोगले गत मंगलबार डाक्नेश्वरी नगरपालिकामा पत्राचार गर्दै उनीहरुलाई उपस्थित गराई दिन भनेको छ। पत्रअनुसार सोही नगरपालिका–५ स्थित श्रीकान्त चन्द, नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीसहितकालाई शुक्रबार १० बजे आयोगको अनुसन्धान शाखा नं. ४(ख)मा उपस्थित गराइदिन भनिएको छ ।









प्रतिक्रिया