३१ जेष्ठ २०८३, आइतबार

दुधौलीको सामुदायिक वनमा पुरुषको शव फेला

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ । दुधौली नगरपालिका–४ अन्तर्गत पर्ने झोराखानी दमार सामुदायिक वनमा स्थानीयले एक पुरुषलाई घोप्टो अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सखुवाको रुख नजिक शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा जानकारी पुगेको हो । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।

प्रहरीका अनुसार मृतक दुधौली नगरपालिका–३ मिलनचोक निवासी करिब ५८ वर्षीय सन्तबहादुर घिसिङ रहेको पहिचान गरिएको छ । शव रुख नजिकै घोप्टो अवस्थामा रहेको र सरीरमा बाह्य चोटपटक स्पष्ट नदेखिएको प्रारम्भिक विवरणमा उल्लेख छ । तर मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।

मुचुल्का प्रक्रिया पूरा भएपछि शवलाई थप परीक्षणका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो ।

पोस्टमार्टम पछि मृतकका आफन्तलाई शव बुझाइएको छ । पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।