काठमाडौं । उपचारका क्रममा निधन भएका चलचित्र पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि गरिएको छ ।
आज साँझ पशुपति आर्यघाटमा सिटौलाको अन्त्येष्टि गरिएको हो । उनलाई आर्यघाटमा श्रद्वाञ्जली दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह लगायत रास्वपाका नेता कार्यकर्ता र शुभेन्छुक आर्यघाट पुगेका थिए ।
उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ पनि आर्यघाट पुगेका थिए ।
बालेन साहको चुनावी अभियानका क्रममा अछाममा पुगेका सिटौला अछाममा बोहोस भएका थिए । उनलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याएको थियो । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ ।
भिडिओ/तस्वीर-
भिडिओ स्रोत–चन्द्रमणि गौतम











प्रतिक्रिया