काठमाडौं । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहको चुनावी अभियानका क्रममा अकास्मात ढलेर उपचाररत पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
अछाममा ढलेका उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा उपचाररत थिए । अस्पतालले आज १२ः४५ बजे उनलाई मृत घोषणा गरेको हो ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४३ वर्षीय सिटौलाका पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनी अविवाहित थिए ।










प्रतिक्रिया