५ कार्तिक २०८३, बिहिबार

आशिका तामाङलाई चन्दा माग्दै धम्की

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार बनेकी आशिका तामाङलाई चन्दा माग गर्दै धम्की दिइएको छ ।

तामाङसँग पैसा माग्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नाममा धम्की दिइएको हो । चन्दा नदिए असहयोग गर्ने चेतावनी पनि दिइएको छ ।

१५ माघको मिति राखिएको पत्रमा लेखिएको छ, ‘हामी स्पष्ट गर्न चाहन्छौं, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न महान सशस्त्र जनविद्रोहको माध्यमबाट अगाडी बढिरहेका छौँ । इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि हामीले सञ्चालन गरेको विशेष मार्थिक अभियानलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं । सहयोगको लागि धन्यवाद !’

तामाङले आफू र आफ्नो टोलीमाथि आएको धम्कीबारे प्रहरीमा उजुरी गर्ने तयारी गरेको बताएकी छन्।