५ असार २०८३, शुक्रबार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।

शनिबार दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस